१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १४ बुधबार १३:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्यव्यवस्था बैठकको एजेन्डामाथि एमाले सांसदको आपत्ति : ‘पूर्वतिर हेरेर पश्चिम हान्ने काम नगराैँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १४ बुधबार १३:२१:००

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकका एजेन्डामाथि सत्तापक्षीय दल एमालेका सांसदले आपत्ति जनाएका छन्। 

समितिको आजको बैठकमा एमाले सांसदहरू पृथ्वी सुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठले मजबुत र गह्रुँगा एजेन्डा हुनुपर्नेमा सभापतिले अस्पष्ट र हलुका एजेन्डा राखेको भन्दै आपत्ति जनाए।

दुवै सांसदले एक ठाउँबाट पसेर अर्को ठाउँमा निस्कने गरी एजेन्डा राखिएको आशंकासमेत व्यक्त गरे । ‘पूर्वतिर हेरेर पश्चिम हान्ने सोच कहीँ–कतै छ भने स्पष्ट आउनुपर्छ,’ सांसद गुरुङले भने, ‘यदि यस्तो हो भने विडम्बना हुन्छ।’

अर्का सांसद श्रेष्ठले सभापतिले राजनीतिक पूर्वाग्रह राखेर एजेन्डा राखेको आशंका व्यक्त गरे । ‘बैठकमा आउनेबित्तिकै टेबलमा हेरेको त गृह मन्त्रालयको विषयमा समसामयिक छलफल भनेर लेखिएको रहेछ,’ उनले भने, ‘एक ठाउँबाट पसेर अर्को ठाउँमा निस्कने गरी एजेन्डा राखियो । गृह मन्त्रालयको समसामयिक विषयमा छलफल भनेर हिजो बेलुकी खबर गरेर बैठक राख्नु आश्चर्यजनक छ।’ 

उनले सभापतिले यस्ता कुरामा गम्भीर बन्नुपर्ने भन्दै नत्र एउटाले बिराउँछ, सबै पिराउँछ भन्ने अवस्था आउने बताए ।