१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कारको ठक्करबाट घाइते बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:o५:oo

मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। धरान–चतरा सडक खण्डअन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ४ गोठखोलामा सोमबार कारको ठक्करबाट स्थानीय ११ वर्षीय निशान बानियाँ गम्भीर घाइते भएका थिए।

साइकलमा हिँडिरहेका बालक बानियाँलाई सोमबार हात्तीसुँडेबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले ठक्कर दिएको थियो।

कारको ठक्करबाट गम्भीर घाइते भएका बानियाँलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा सोमबार राति  मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार कारको ठक्करबाट खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बानियाँको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो।

बालक बानियाँलाई ठक्कर दिने कारचालक चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शारदा सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले जानकारी दिए।

ad
ad