१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महासंघका अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेट : नेपालसँगको द्विपक्षीय लगानी सम्झौतामा कतारको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४३:oo

कतारले नेपालसँग द्विपक्षीय लगानी सम्झौताका लागि चासो दिएको छ । आर्थिक एवं व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने भन्दै कतारले द्विपक्षीय लगानी सम्झौतामा चासो देखाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीबीच सोमबार भएको भेटमा समेत यस विषयमा छलफल भएको महासंघले जनाएको छ । 

भेटमा राजदूत अल अन्सारीले द्विपक्षीय लगानी सम्झौतामा गहिरो चासो व्यक्त गरेको महासंघले जनाएको छ । ‘उनले यस्तो सम्झौताले लगानी संरक्षण, व्यापार प्रवद्र्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताएका छन्,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दुवै पक्षले सम्भावित फाइदाबारे छलफल गरे र थप कदम खोज्न सहमत भए ।’ 

सो भेटवार्ता दुई देशबीचको आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा केन्द्रित भएको थियो । अध्यक्ष ढकालले नेपालमा लगानी प्रवद्र्धन गर्न आग्रह गरे । उनले राजदूतलाई नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको बताए । उनले लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसँग सहकार्य गरिरहेको पनि बताए ।

महासंघ र कतार चेम्बरबीच एक संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनाको छलफल पनि भएको थियो । संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदान–प्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ । काउन्सिलले एक–अर्काको बजार विस्तार गर्न संयुक्त पहलका लागि प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ । भेटमा दुवै पक्षले आर्थिक सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धता दोहो¥याए । महासंघ र कतार चेम्बरले संयुक्त व्यापार परिषद् सम्झौतामा हस्ताक्षर गर्न र लगानीका अवसरको विषयमा वार्ता जारी राख्ने प्रतिबद्धता जनाए । 

ad
ad