१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल फाेटाे ।
२०८० चैत १२ सोमबार २२:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन्  ः मन्त्री गिरी

Read Time : < 1 मिनेट
२०८० चैत १२ सोमबार २२:४३:००

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताएका छन् । 

पर्वतको लुंखुदेउरालीमा सोमबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गिरीले अघिल्लो गठबन्धन भत्किएर पुनःगठित सरकार मुलुकका तमाम समस्या समाधानका लागि बनेको बताए । 

उनले अर्थतन्त्रलाई लयमा फर्काउनेदेखि लिएर मुलुकमा सुशासन कायम गराउन सरकारलाई मुख्य चुनौती रहेको भन्दै अबको आठ÷दश महिनामा धेरै कुरा परिवर्तन हुने बताए । उनले सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रवर्द्धनका लागि कामअघि बढाइ सकिएको बताउँदै न्यूनतम् साझा कार्यक्रमको सफल कार्यान्वयन गर्नतर्फ अग्रसर भएको दाबी गरे । 

मन्त्री गिरीले बढ्दो युवा पलायन रोक्नका लागि उचित युवामैत्री नीति ल्याउनतर्फ आफू लागेको बताए । गरिबमैत्री, युवामैत्री, लगानीमैत्री कानुन र नीतिकै अभावमा तमाम समस्या पैदा भएको भन्दै अब नागरिकमैत्री ऐन कानुन यो सरकारले ल्याउने दाबी गरे । 

विगतका सरकारले सत्ता टिकाउने खेल मात्र खेलेका कारणमुलुक आज यो अवस्थामा पुगेको भन्दै अब आर्थिक समृद्धि र विकासका लागि सरकारले चार वर्षसम्मै काम गर्ने उनको भनाइ छ । मन्त्री गिरीले यो सरकार पूरै कार्यकालसम्म रहने दाबी पनि गरे । 

आफूलाई दुई÷दुई पटकसम्म प्रतिनिधिसभामा विजयी गराएर पठाउने पर्वतवासी नागरिकका चाहना र आवश्यकता पूरा गर्नका लागि हरदम प्रयासमा लागेको उनको भनाइ छ । उनले योजनालाई प्राथमिकीकरण गरेर बजेट माग गर्न पनि आग्रह गरे । सबैभन्दा बढी आवश्यक र धेरै जनताको माग भएका योजनालाई पहिलो प्राथमिकतामा र कम आवश्यकता भएका योजनालाई पछि बनाउने गरी बजेट माग गर्न उनले आग्रह गरे । (रासस)