Skip This
सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ : गृहमन्त्री लामिछाने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ११ आइतबार
  • Saturday, 27 July, 2024
रासस चितवन
२o८o चैत ११ आइतबार १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ : गृहमन्त्री लामिछाने

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८o चैत ११ आइतबार १२:११:oo

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरि सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन्। आइतबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए।

उनले भने, ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ। सहमति कार्यान्वयनमा आउँछ।’ देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो। सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उनले बताए।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरूको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए।

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनको दाबी थियो। सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे।

सरकारले गरेका कामको नतिजा पूर्ण रूपमा आउने उनको भनाइ थियो। उनले भने, ‘कहीँकतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो। निर्दोष नफसोस् दोषी नउम्कियोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ। त्यहीअनुसार काम हुन्छ।’ प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले बताए।