१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चाडपर्वले आपसी सदभाव कायम गर्न सघाउँछन् : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३o:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताएका छन्।

अध्यक्ष नेपालले फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण नेपाली समाजमा सबै जाति, समुदायका मौलिक विशेषता बोकेका पर्व, संस्कृतिको जगेर्नाबाट समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए।

सामाजिक एकता अभिवृद्धि, राष्ट्रिय एकतालाई बलियो बनाउने यस्ता पर्वले परम्परागत मौलिक पक्षका साथै राष्ट्रको गौरव बढाउने भन्दै उनले सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री नेपालले हाम्रा पहिचान निर्माणका लागि चाडपर्वको उल्लेखनीय भूमिका रहेकाले तिनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै विविध विशेषताका कारण विश्वमा हाम्रो छुट्टै पहिचान बनेको सन्देशमा उल्लेख गरे।

नेपाली समाजलाई यस्ता चाडले एकताबद्ध गरी पारस्परिक सम्मान, सहअस्तित्व, सदभाव स्थापित गर्ने  विश्वास व्यक्त गर्दै उनले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका पर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने बताए।

अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्नेमा जोड दिए।