१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ९ शुक्रबार ०९:३५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘समृद्धिका लागि विश्व शान्ति’ अन्तर्राष्ट्रिय सम्मेलन लुम्बिनीमा 

Read Time : < 1 मिनेट
२०८० चैत ९ शुक्रबार ०९:३५:००

‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सुरु भएको छ । परराष्ट्र मन्त्रालय र अन्तरकन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूत, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ लुम्बिनी पुगेका छन् । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले गरे । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार १९ मुलुकका गैरआवासीय राजदूत एकैपटक लुम्बिनी आएका छन् । उनीहरू बिहीबार दिउँसो बुटवलस्थित लुम्बिनी केबलकारमार्फत वसन्तपुर पुगेका थिए । उनीहरू लुम्बिनीदेखि विद्युतीय तीनवटा बसमा प्रहरी स्कटिङ गरी बुटवलस्थित केबलकार पुगेका थिए । 

सम्मेलनमा भाग लिन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेयचेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका थिए । सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायत विषयमा छलफल र प्रस्तुति गरिनेछ ।