१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी सिँगारौँ बैठक कोठा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:११:oo

बैठक कोठा घरको पब्लिक एरिया हो । मानिसहरू प्रायः अतिथिहरूलाई भेट्ने, परिवारका सदस्यबीच जमघट गर्ने, जन्मदिनलगायतका समारोह गर्नका लागि यही कोठाको प्रयोग गर्छन् । त्यसैले यसलाई आकर्षक बनाउने चाहना हुन्छ ।

बैठक कोठाको सजावटमा  फर्निचरले मुख्य भूमिका खेल्छ । बजारमा आकर्षक सोफा, कुर्सी र टेबुलहरू पाइन्छन् । आफ्नो कोठाको स्पेस र भित्तामा लगाइएको कलरसँग म्याच हुनेखालका सामग्री राख्नुपर्छ । 

बैठक कोठामा प्रायः सबैले टिभी राख्ने भएकाले टिभी युनिटको प्रयोग गर्न सकिन्छ । टिभी युनिटसँगै जोडेर सोकेस राख्नुभयो भने राम्रो हुन्छ । सोकेसमा तपाईंले पाउनुभएका ट्रफी, मेडल, प्रमाणपत्र तथा तपाईंका फोटो एल्बमहरू सजाउन सकिन्छ । बजेट र इच्छाअनुसार कस्तो बनाउने भन्ने तय गर्न सकिन्छ । त्यस्तै, धेरैले सोफा राख्नुहुन्छ । भेटघाट धेरै हुने कोठा भएकाले सोफा राख्दा सहज पनि हुन्छ । टेबुल वा कुर्सी पनि राख्न सकिन्छ । चिया खान वा केही म्यागेजिनहरू राख्नका लागि पनि टेबुल उपयुक्त हुन्छ ।

म्यागेजिन वा पुस्तकहरू राख्नका लागि बुकसेल्फ ट्रे पनि बजार पाइन्छन् । यसले निकै कम स्पेस ओगट्छ र हेर्दा पनि आकर्षक देखिन्छ । पुस्तकको जतन पनि हुन्छ ।  

ad
ad