१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ८ बिहीबार १०:२०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

फरार अभियुक्त पाँच वर्षपछि पक्राउ 

Read Time : < 1 मिनेट
२०८० चैत ८ बिहीबार १०:२०:००

प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्त हेमराज कामीलाई पाँच वर्षपछि पक्राउ गरेको छ । रोल्पा रन्टीगढी गाउँपालिकाका ३८ वर्षीय कामीलाई बुधबार पक्राउ गरेको हो ।

३१ जेठ ०७५ मा सल्यान कुमाख गाउँपालिका–६ दारिमपाखास्थित थारमारे–चौरजहारी कच्ची सडकखण्डमा कामीले चलाएको रा.१त ७४८ नम्बरको ट्याक्टरले बाटोमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट कुमाख गाउँपालिका– ७ का अन्दाजी ६७ वर्षीय बलवीर मिजार घटनास्थलमै र ५० वर्षीया बिर्मा बुढाथोकीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । 

घटना भएको दिनदेखि फरार कामीलाई खोजतलास तथा बुझ्दै जाने क्रममा आफ्नै घरमा बसिरहेको भन्ने सूचनाका आधारमा घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए ।