१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत ७ बुधबार १०:०९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलकुदको बजेट अपर्याप्त : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत ७ बुधबार १०:०९:००

खेलकुदमा पर्याप्त बजेट नहुँदा नै यसको विकास हुन नसकेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले निष्कर्ष निकालेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार आयोजना गरेको अन्तर्क्रियामा मन्त्री श्रेष्ठले नेपाली खेलकुदको बजेट सोचेजस्तो नभएको बताए । ‘नेपालीको खेलकुदमा आउने बजेट धेरै न्यून र अपर्याप्त छ । चाहेजस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त छैन,’ मन्त्री श्रेष्ठले भने ।

उनले देशभित्र राष्ट्रिय एकतामा कमी आएका कारण त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेको प्रस्ट्याएका छन् । ‘खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै छन् । तर, अधिकारको सवालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको छ,’ उनले भने, ‘मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको छ ।’ मुलुकको खेलकुद विकास सोचेजस्तो हुन नसक्नुको कारणका रूपमा मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र खेलसंघबीचको आपसी किचलो भएको जनाए । ‘खेलकुदसँग सीधा सम्बन्ध राख्ने यी तीनवटै क्षेत्र ट्र्यान्गुलर आकारमा रहेकाले नेपाली खेलकुदको विकास राम्रोसँग हुन नसकेजस्तो लाग्छ,’ उनले भने, ‘संघहरूले आफूलाई नयाँ ढंगले अगाडि बढाउन सके मात्र खेलकुदको विकास सम्भव छ ।’ 

 पलायन रोक्न पहल लिन आग्रह
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुदमन्त्री श्रेष्ठलाई खेलाडीको विदेश पलायनलाई रोक्नका लागि ठोस कदम चाल्न सुझाव दिएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीले पलायनको समस्या अवगत गराउँदै अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणसहित सातबुँदे सुझाव दिएको हो ।