१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ जेठ २ बुधबार १५:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

खेलकुदमन्त्रीसँग आइसिसी अध्यक्षले भने, ‘नेपालमा क्रिकेट क्रेज लोभलाग्दो छ, सघाउन तयार छौँ’

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:२३:oo

नेपाल भ्रमणमा रहेका आइसिसी अध्यक्ष ग्रेग बार्कलेले नेपालमा क्रिकेटको क्रेज लोभलाग्दो भएको भन्दै सहयोग गर्न तयार रहेको बताएका छन् । 

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा अध्यक्ष बार्कलेले नेपाली क्रिकेटको विकासमा सघाउन आइसिसी तयार रहेको बताएका हुन् । 

मन्त्री श्रेष्ठको सचिवालयका अनुसार भेटवार्तामा नेपालको क्रिकेट विकास तथा अभिवृद्धिबारे विशेष कुराकानी भएको छ । 

अध्यक्ष बार्कलेले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै सक्दो सहयोग गर्न आइसिसी उत्साहित र प्रतिबद्ध रहेको बताएका थिए । 

मन्त्री श्रेष्ठले आइसिसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तीकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अघि बढेको बताएका थिए । 

ad
ad