१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टेलिकमको एफटिटिएच प्याकेजमा मोबाइल डेटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:o१:oo

नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रूपमा मोबाइल डेटा प्रयोग गर्न सकिने भएको छ । टेलिकमले उपलब्ध गराइरहेको एफटिटिएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसैअनुसारको मोबाइल डेटा उपलब्ध हुने भएको हो । 

नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकेजमध्ये वार्षिक एफटिटिएच कम्बो प्याकेज र एफटिटिएच डेटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताले यो सुविधा उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । वार्षिक एफटिटिएच कम्बो प्याकेजअन्तर्गत ५० एमबिपिएस र सय एमबिपिएस डेटाका साथै एक एनटिटी भिर एक टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रूपमा आफ्नो मोबाइलमा क्रमशः ६ सय एमबी र आठ सय एमबी डेटा प्रयोग गर्न सक्ने जनाइएको छ ।  

एफटिटिएच डेटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसैअनुसार मोबाइलमा समेत डेटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसअनुसार ५० एमबिपिएस, ७५ एमबिपिएस र सय एमबिपिएस डेटा प्रयोगकर्ताले दैनिक रूपमा क्रमशः ६ सय एमबी, सात सय एमबी र आठ सय एमबी डेटा प्रयोग गर्न सक्ने जनाइएको छ । एक सय ५० एमबिपिएस र दुई सय एमबिपिएस डेटा प्रयोगकर्ताले दैनिक क्रमशः नौ सय एमबी र एक हजार एमबी डेटा प्रयोग गर्न सक्ने छन् ।  

ad
ad