१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ५ सोमबार १६:०९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा सामान्य अंकको वृद्धि,  दुई अर्ब ८८ करोडको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ५ सोमबार १६:०९:००

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ३.२७ अंकले बढेर दुई हजार ७३.५३ को विन्दुमा कायम भएको छ। 

आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता सेयर ५३ हजार दुई सय ५६ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ। 

बैंकिङ समूह ०.०३, लगानी समूह ०.४६, उत्पादन तथा प्रशोधन ०.८२ र निर्जीवन बिमा समूह ०.१० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूह १.३० र वित्त समूह १.०८ प्रतिशतले बढेको छ।

गुर्खाज फाइनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.१५ प्रतिशतले घटेको छ।

कारोबार रकममा आधारमा गुर्खाज फाइनान्स लिमिटेडको रु. २३ करोड १४ लाख ५८ हजार ७७ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ६ लाख ४२ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच भनेको छ।