१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत २ शुक्रबार १४:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत २ शुक्रबार १४:३३:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लाग्दा कांग्रेस सांसदहरूले उठेर बैठकमा विरोध जनाएका थिए । 

त्यसपछि सभामुखले कांग्रेस सांसद राजेन्द्रकुमार केसी र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने भन्दै अवरोध गरिरहे । 

कांग्रेसले पूर्वबजेटमाथिको नीति, सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई अवरोध नगर्ने, तर गृहमन्त्रीलाई प्रस्ताव पेस गर्न नदिने भन्दै अवरोध गरिरहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।