१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:१४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सडक र बिजुलीको पहुँचले जुम्लामा खुल्यो उद्योग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१४:oo

हिमाली जिल्ला जुम्लामा सडक र बिजुलीको पहुँच पुगेसँगै साना तथा ठूला उद्योग खुल्न सुरु भएको छ । स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने सामग्री बनाउने प्रकृतिका उद्योग खुल्न थालेका हुन् ।  तातोपानी गाउँपालिका– ६, हियाखोलाको बाँजाराउल कर्णाली राजमार्गको छेउमा ह्युमपाइप बनाउने उद्योग खुलेको छ ।

स्थानीय कच्चा पदार्थ गिट्टी–बालुवाको प्रयोगबाट निर्माण हुने भएपपछि ह्युमपाइप उद्योग खुलेको हो । सडक, ढल निकास, सिँचाइमा प्रयोग गर्नका लागि सधैँ जिल्लाबाहिरबाट ह्युमपाइप ल्याउने गरिएको थियो । तर, पछिल्लो समयमा स्थानीयस्तरमै ह्युमपाइप बनाउन थालेपछि सहज हुने भएको छ ।  

स्थानीयस्तरमै निर्माण सामग्री उत्पादन गर्ने उद्योग नहुँदा अर्बाैँ बजेट बाहिरिने, निर्माण सामग्री महँगो पर्ने, समयमै उपलब्ध नहुने, निर्माण कार्यमा ढिलाइ हुने, खरिदभन्दा ढुवानीमा दोब्बर खर्च लाग्नेजस्ता समस्या र निर्माण व्यवसायीको मागलाई ध्यानमा राख्दै साबिक कर्णालीमै पहिलो ‘ह्युमपाइप’ उत्पादन उद्योग जुम्लामा सञ्चालन गरिएको छ ।

निर्माण सामग्रीमा बढ्दो बाहिरी जिल्लाको परनिर्भरता अन्त्य, स्थानीय स्रोत–साधनको सदुपयोग, आन्तरिक राजस्व वृद्धि र रोजगारी सिर्जनासमेत गर्ने उद्देश्यले ह्युमपाइप उद्योग सञ्चालनमा ल्याएको सञ्चालक रामदेवी खड्काले बताइन् । उनले भनिन्, ‘एक करोडभन्दा बढीको लगानीमा खड्का ह्युमपाइप उद्योग सञ्चालनमा ल्याएकी हुँ । जुम्लामा उत्पादित ह्युमपाइप दैलेख, कालिकोट, मुगु, डोल्पालगायतका जिल्लामा समेत पठाउने लक्ष्य छ ।’

माथिल्लो कर्णालीमा ह्युमपाइपको माग बढ्दो छ,’ उनले भनिन्, ‘भौगोलिक रूपले विकट कर्णालीमा साना खोलानाला धेरै छन् । जहाँ ह्युमपाइपकै प्रयोगले सडक सुचारु हुन्छन् । तर, ह्युमपाइप बाहिरबाट ल्याउनुपर्दा महँगो पर्नेदेखि निर्माणमा ढिलाइ हुने भएकाले जुम्लामै ह्युमपाइप उत्पादन थालेका छौँ । सुर्खेत, नेपालगन्जभन्दा सस्तो मूल्यमा दिनेछौँ । यसले निर्माण व्यवसायीलाई राहत हुने अपेक्षा छ ।’

 २० जनालाई प्रत्यक्ष रोजगारी
उद्योगले २० जनालाई प्रत्यक्ष रोजगारी मिलेको छ । उद्योगमा सातजना भारतीय दक्ष कामदार छन् । जसले पाइपको डिजाइनदेखि कति सिमेन्ट, कति बालुवा–गिट्टी प्रयोग गर्ने लागत तयार गर्छन् । स्थानीय आठजनाले रोजगारी पाएका छन् । 
स्थानीय कामदारले सिमेन्ट, बालुवा मिसाउने, मेसिन सञ्चालनमा सघाउनेलगायतका काम गर्छन् । पाँचजना सवारीचालक छन् । कच्चा पदार्थ ओपारपोसार तथा अर्डर आएका ठाउँमा पुर्‍याउन गाडी तयारी अवस्थामा राखिनेछ ।अप्रत्यक्ष ज्यालादारी, अन्य कामबाट थुप्रैले रोजगारी पाए पनि तत्कालन प्रत्यक्ष रूपमा २० जनाले रोजगार पाएको उद्योग सञ्चालक खड्काले बताइन् ।