१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देश कुनै एक धर्म, एक जातिको मात्र होइन : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:१७:oo

एमाले अध्यक्ष केपी ओलीले देश कुनै एक धर्मविशेषको, जातिविशेषको नभएको बताएका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्ने क्रममा सदनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश सबैको साझा भएको बताए । 

‘नागरिक सर्वोच्चताभन्दा माथि अर्को कुरा हुँदैन,’ उनले भने, ‘यो राज्य एउटा धर्मविशेषको, जातिविशेषको होइन । सम्पूर्ण नेपालीको साझा राज्य हो । 
यस राज्यले सबैलाई समदृष्टिको भावमा हेर्नुपर्दछ ।’ 

अध्यक्ष ओलीले संविधानप्रतिको निष्ठा प्रमुख कुरा भएको बताए । 

ad
ad