१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

६ नयाँ खेलाडीसहित फुटबल टोली घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o७:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार फिफा विश्वकप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया प्रस्थान गर्नुअघि राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिसेन्जो अल्वेर्टो एनसेलको सिफारिसमा एन्फाले टोलीको घोषणा गरेको हो । यसपटक नेपाली टोलीमा ६ नयाँ खेलाडीले स्थान बनाउँदा केही सिनियर खेलाडी बाहिरिएका छन् । आयुष घलान, गोलरक्षक दीप कार्की, सन्तोष खत्री र सुरज जिउ ठकुरीले स्थान बनाउन सकेनन् । बन्द प्रशिक्षणमा समावेश नभएपछि उनीहरू टोलीबाट बाहिरिएका हुन् । मोसफलमा चलिरहेको गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुँदा ती खेलाडी क्लोज क्याम्पमा प्रशिक्षण गर्न सकेनन् । 

प्रशिक्षक भिसेन्जोले क्लोज क्याम्पमा समावेश नभएका खेलाडीलाई बाहिर राखेका हुन् । नेपाली टोलीमा नयाँ अनुहारका अजय चौधरी, अभिषेक लिम्बू, सौभाग्य राई, विशाल बस्नेत, रोहन कार्की र समीर तामाङ रहेका छन् । लामो समयमपछि त्रिभुवन आर्मीका भरत खवासले टोलीमा पुनरामगन गरेका छन् ।

एन्फाले प्रारम्भिक टोलीमा नभएका भरत, सौभाग्य र अभिषेकलाई राखेको छ । नेपालले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ । टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । नेपालले फिफा विश्वकप र एसिया छनोटको दोस्रो चरणअन्तर्गत बहराइनविरुद्ध ८ र १३ चैतमा प्रतिस्पर्धा गर्नेछ । 

नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनोटअन्तर्गत होम एन्ड अवे खेल नै बहराइनमा खेल्ने भएको छ । नेपालले बहराइनसँगको होम खेल ८ चैतमा दशरथ रंगशालामा खेल्ने तय थियो । तर, दशरथ रंगशाला जीर्ण भएपछि खेल बहराइन सारिएको हो । एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधिले दशरथ रंगशाला जीर्ण रहेको र खेल्न नहुने उजुरी गरेका थिए । न्युट्रल भेन्युमा खेल आयोजना गर्न एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गरेको थियो । एन्फाले सुरुमा भुटानमा प्रतियोगिता गर्ने एएफसीलाई आग्रह गरेको थियो । बहराइनले हाई अल्टिच्युडका कारण भुटानमा नखेल्ने जनायो । 

त्यसपछि एन्फाले साउदी अरेबियामा प्रस्ताव राख्यो । एन्फाका दुवै प्रस्ताव नमानेपछि बहराइन आफूले नै घरेलु मैदानमा छनोट प्रतियोगिता गर्ने जनायो । बहराइनमा दुवै खेलका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता देखाएको छ । बहराइनबाट आर्थिक सहयोग प्राप्त हुने भएपछि एन्फाले बहराइनमै छनोट प्रतियोगिता खेल्ने जारी भएको हो । 

नेपाली टोली 

  • गोलरक्षकः किरण चेम्जोङ, अभिषेक रिजाल, विशाल सुनार
  • डिफेन्डर : अभिषेक लिम्बू, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ
  • मिडफिल्डर : भरत खवास, विशाल बस्नेत, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की, उत्सव राई
  • स्ट्राइकर : अन्जन विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, जिलेस्पीजंग कार्की

अफिसियल 
भिन्सेन्जो अल्बर्टो एनिस (मुख्य प्रशिक्षक), प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलरक्षक प्रशिक्षक), मनीष तिम्सिना (प्राविधिक कर्मचारी), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक), दीपक खतिवडा (टोली प्रमुख), महेन्द्र क्षेत्री, इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ (अफिसियल) ।

ad
ad