मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १८:२९:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

पाँच सय रुपैयाँमा तेक्वान्दो सिकाइरहेका लालबहादुर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

जुम्लाको सिँजा गाउँपालिका– ६ रुघागाउँका लालबहादुर रोकाया तेक्वान्दो डोजाङका प्रशिक्षक हुन्। तेक्वान्दोे डोजाङका पाँचौँ डानसमेत रहेका रोकायाले २०७३ फागुनदेखि जिल्ला खेलकुद विकास समितिको प्रांगणमा खेलाडीलाई पाँच सय रुपैयाँमा तेक्वान्दोे सिकाउँदै आएका छन्। यो पनि भर्ना फारामको शुल्क हो। उनी अन्य कुनै शुल्क लिँदैनन्।

रोकायाले तेक्वान्दोे संघबाट स्वीकृति लिएर निःशुल्क खेलाडी उत्पादन गर्दै आएका छन्। जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरेर उनी दैनिक दुई घण्टा तेक्वान्दोेको प्रशिक्षण दिन्छन्। उनीसँग नियमित प्रशिक्षण गर्न ६० जना खेलाडी आउँछन्। उनले सात वर्षको अन्तरालमा झन्डै ११ सय खेलाडीलाई तेक्वान्दोे डोजाङको प्रशिक्षण दिइसकेका छन्। यहाँबाट उत्पादन भएका धेरै खेलाडीले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा गोल्डमेडल प्राप्त गर्न सफल भएकाे रोकायाले बताए।

सन् २०१९ मा थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सिँजा गाउँपालिका– ६ जोडुगाउँका ललित बुढाले पहिलो गोल्ड मेडल पाएका थिए। यस्तै, प्रमिला सार्की, पोषण न्यौपाने, सपेन्द्र भट्टराई, अस्मिता सुनार र मंगलराज कामीले पनि गोल्ड मेडल प्राप्त गरेका थिए।

आठौँ राष्ट्रिय खेलकुदमा जुम्लाबाट तेक्वान्दोे प्रतियोगितामा सहभागी भएका नाैजनामध्ये एकजनाले गोल्ड मेडल जित्दा चारजनाले रजत पदक जितेका थिए। नवौँ राष्ट्रिय खेलकुदमा पनि जुम्लाका खेलाडीले राम्रै स्थान प्राप्त गरेका थिए। एकजनाले प्रथम स्थान हासिल गर्दा दोस्रो र तेस्रोमा ४-४ जनाले सफलता प्राप्त गरेकाे प्रशिक्षक रोकायाले स्मरण गरे।

१०औँ राष्ट्रिय खेलकुद आगामी वर्ष मंसिरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तय भएको छ। त्यसका लागि पनि जुम्लाबाट राम्रो तयारी भइरहेको रोकायाले बताए। उनले भने, ‘तेक्वान्दोे डोजाङ ग्रेड वृद्धि तालिम पनि दिने गरेका छौँ। तीनमहिने तालिममा २० जना प्रशिक्षार्थी सहभागी भइसकेका छन्।’ तालिममा सहभागी पाँचजनाले हाफ ब्ल्याक बेल्ट, तीनजनाले रेड बेल्ट, दुईजनाले ब्लु बेल्ट, ६ जनाले हाफ ग्रिन र चारजनाले एल्लो बेल्ट प्राप्त गरेका छन्।

निजीस्तरबाट निःशुल्क रूपमा तेक्वान्दोका खेलाडीलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउँदा पनि सरोकारवाला निकायबाट भने सहयोग र हौसला नमिलेको प्रशिक्षक रोकायाको गुनासो छ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले खेल क्षेत्रलाई थप व्यवस्थित बनाउन तीनै तहका सरकारको ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘अहिले अस्थायी सरकार भएका कारण कर्मचारी एकैठाउँमा बस्न नसकेकाले जुम्लाको खेलकुदले प्राथमिकता पाउन सकेको छैन। सम्बन्धित निकायको नजरअन्दाजले खेलका भौतिक संरचना बन्न नसक्दा खेलाडीलाई प्रशिक्षणमा समस्या भएको छ।’