Skip This
प्रथम जितपुरसिमरा क्रिकेट कप चैत ३ देखि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १२:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

प्रथम जितपुरसिमरा क्रिकेट कप चैत ३ देखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १२:१६:oo

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रथम जितपुरसिमरा क्रिकेट कप हुने भएको छ। उपमहानगरपालिकाको सहयोग र अभियान नेपालको आयोजनामा चैत ३ देखि १० गतेसम्म औराहाको सेज क्रिकेट ग्राउन्डमा प्रतियोगिता हुनेछ।

६ वटा टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।

विगत केही महिनादेखि जितपुरसिमरा उपमहानगरपालिका क्रिकेटमय बनेको छ। जितपुरसिमराबाट राष्ट्रिय स्तरमा खेलाडी उत्पादनका लागि उपमहानगरले क्रिकेटमा लगानी गर्न लागेको हो।

जिल्ला क्रिकेट संघ मकवानपुर, जिल्ला क्रिकेट संघ पर्सा, जिल्ला क्रिकेट संघ बारा, आयोजक टिमसहित ६ टिमको सहभागिता रहने प्रतियोगिताको अनुमानित लागत करिब २४ लाख रहेको छ। प्रतियोगिता सञ्चालनका लागि धमाधाम तयारी गरिरहेको प्रतियोगिताका संयोजक सोमलामा बोमजमले बताए।

प्रतियोगिताका लागि उपमहानगरपालिकाले १५ लाख आर्थिक सहयोग गर्ने नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले बताए। खेलकुद क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्ने दायित्वअनुसार प्रथम जितपुरसिमरा क्रिकेट कपको आयोजना गर्न लागिएको उनको भनाइ थियो।

ad
ad