१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काेशीमा नयाँ सरकार गठनविरुद्ध सर्वाेच्च गए निवर्तमान मुख्यमन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:५६:oo

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत गएका छन्। 

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। उनले दायर गरेको रिटको पेसी भोलि (शुक्रबार) का लागि तोकिएको छ। 

प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

सोहीअनुरूप बिहीबार बिहान एमाले संसदीय दलका नेता कार्कीले ५२ सांसदको समर्थनसहित दाबी पेस गरी मुख्यमन्त्रीमा नियुक्त भए। 

ad
ad