१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आफ्ना मागमा लिखित सहमति गर्न प्रधानमन्त्रीसँग एकीकृत समाजवादीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:o७:oo

सत्तारुढ दल एकीकृत समाजवादीले प्रधानमन्त्रीले केन्द्रदेखि प्रदेशसम्म शक्ति बाँडफाँटलगायतका समग्र विषयमा लिखित सहमति गर्न प्रधानमन्त्रीसमक्ष माग गरेको छ। 

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभा निर्वाचनमा माओवादीका उम्मेदवारलाई मतदान तथा प्रधानमन्त्रीलाई विश्वासको मतअघि नै प्रधानमन्त्रीले लिखित सहमति गर्नुपर्ने माग राखेको हो। 

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीदेखि राजनीतिक नियुक्तिसम्मका सरोकारमा प्रधानमन्त्रीले लिखित सहमति जनाउनुपर्ने मागबारे बैठकमा कुरा भएको बताए। 

एकीकृत समाजवादीले सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्रीसमक्ष राखेको चारबुँदे सरोकार राखेको थियो। प्रधानमन्त्रीले त्यसमा प्रतिबद्धता जनाएपछि एकीकृत समाजवादी सरकारमा सहभागी भएको हो। 

ad
ad