१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा अछाममा एक पुरुष पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिकाका ती व्यक्तिलाई आफ्नी १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

घरमा कोही नभएको वेला उनले छोरीलाई बलात्कार गरेका बताइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बालिकाको स्वाब संकलन गरेर विधिविज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको छ।

स्वास्थ्य जाँचपछि बालिकालाई सुरक्षित आवासगृहमा राखिएको साउदले जानकारी दिए। पक्राउ परेका ३५ वर्षीय बाबुलाई जिल्ला अदालत अछामबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ।