१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेरेसको नयाँ स्टेट द अफ आर्ट सोरुम नक्सालमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२७:oo

 नेपालका लागि सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले नक्सालमा नयाँ स्टेट द अफ आर्ट सोरुम सञ्चालनमा ल्याएको छ ।

सेरेसका डेपुटी जनरल म्यानेजर जिया झिउ र एमएडब्लू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सी र यी पांगलगायतको उपस्थितिमा बिहीबार आयोजित नयाँ सोरुम उद्घाटन गरिएको छ । सेरेस–३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो । 

काठमाडौंको मुटुमा अवस्थित नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलले संसारको आभास दिलाउनेछ । ग्राहक अनुभवलाई केन्द्रमा राखी डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ ।

सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौंबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । 

ad
ad