१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुआब्जाको माग राख्दै सुरु भएको अनशन १५ दिनपछि तोडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

मुआब्जाको माग राख्दै सुरु भएको अनशन १५ दिनपछि तोडिएको छ। 

बाराको तामागढी-सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि सडकछेउछाउबाट अधिग्रहण भएको जग्गाबापत जग्गाधनीलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै सुरु गरेको आन्दोलन र रिले अनशन १५ दिनपछि तोडिएको हो।

सरकारले निर्धारण गरेको मुआब्जा रकम सरकारलाई पटकपटक अनुरोध गर्दासमेत रकम नपाएको भन्दै जग्गाधनी गत फागुन १० गते बिहीबारबाट आन्दोलनरत थिए।

तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा भएको रिले अनशन पूर्वमन्त्री मुकुन्द न्यौपाने र पुरुषोत्तम पौडेलले अनशनकारीलाई फलफूल खुवाएर अनशन तोडाएका थिए।

सरकारको ध्यानाकर्षण गराउँदै चरणबद्ध रूपमा संघर्ष गर्दै आएको तामागढी–सिम्रौनगढ संघर्ष समितिले अनशन कार्यक्रम सकिएलगतै थप आन्दोलनको कार्यक्रमको घोषणा गरिने जनाए।

करिब ६५ देखि ७० बिघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँबराबरको मुअब्जा रकम नपाएका हुन्।

३९.७५ किलोमिटर लम्बाइको यो सडक दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्वपूर्ण सडक हो।

साबिकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिकाअन्तर्गत पर्ने यो सडक सात मिटर चौडाइमा बनेको छ।