१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सीपमूलक तालिम सञ्चालन गर्न महानगरद्वारा एकैपटक २३ वटा कलेजसँग सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १८:o५:oo

काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले सरकारी र निजी गरेर २० वटा क्याम्पसहरूसँग सीपमूलक तालिम सञ्चालन स्थलका लागि सहमतिपत्रमा हस्ताक्षर गरेको छ।

विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरूले बिहीबार सम्झौतामा हस्ताक्षर गरेका हुन्। १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजारजनालाई प्रत्यक्ष रोजगारीमा आबद्ध गराउने कार्यक्रमको लक्ष्य छ।

महानगरपालिकाले चालू आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ। यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत रोजगारमूलक सीप विकास तालिम सञ्चालनका लागि महानगरले सम्झौता गरेको हो।

सम्झौताबमोजिम कलेजहरूले तालिमका लागि कक्षाकोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन्। प्रशिक्षक तथा जनशक्ति र मर्मत-सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ।

तालिममा सहभागिताका लागि करिब १० हजार आवेदन प्राप्त भइसकेको बताइएको छ। महानगरका अनुसार सूचना प्रविधिमा आधारित तालिममा धेरै व्यक्तिहरूको चासो छ।

ad
ad