मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया क्यापिटलको सातवटा सेवामा विशेष अफर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३१:oo

 एनआइसी एसिया क्यापिटल लिमिटेडले आफूले दिँदै आएको सातवटा सेवामा विशेष अफर दिने भएको छ । कम्पनीले स्थापनाको सात वर्ष पूरा गरेको अवसर पारेर विशेष अफर ल्याएको हो । ‘सातौँ वार्षिकोत्सव : सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ भन्ने नारासहित ११ वैशाखसम्म लागू हुने गरी योजना ल्याएको कम्पनीले जनाएको छ । योजनाअनुसार लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकलाई न्यून लागतमा उच्चकोटिको सेवा प्रदान गर्ने उद्देश्यका साथ सात रुपैयाँ मात्र लिई एक वर्षका लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने जनाइएको छ । 

त्यस्तै, एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड’को एसआइपीमा आउँदो वैशाख ११ गतेसम्म सहभागी हुने इकाइधनीमध्ये सातजना इकाइधनीले पाँच सय रुपैयाँबराबरको क्यापिटलको तर्फबाट एसआइपी रजिस्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाइधनीलाई एसआइपी बुस्टरको सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

संस्थागत परामर्श सेवाअन्तर्गत ‘आइडिया टु आइपिओ’ सेवामा आबद्ध हुने पहिलो सातवटा कम्पनीलाई जम्मा सात रुपैयाँमा आइपिओ जारी गर्ने तहसम्म पु¥याउनका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने उल्लेख छ । यसैगरी, आउँदो सोमबारसम्म लागू हुने गरी सात सय रुपैयाँमा आजीवन डिम्याट नवीकरण योजना पनि ल्याएको जनाएको छ ।  

हाल मेरो सेयर खाता सुविधा अनलाइन मध्यमबाट उपलब्ध गराउँदै आइरहेकोमा क्यापिटलको सातौँ वार्षिकोत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मका लागि सात सय रुपैयाँ मात्रमा मेरो सेयर नवीकरण योजना पनि ल्याएको छ । त्यस्तै, आउँदो असार मसान्तसम्म निःशुल्क डिमयाट खाता खोलिदिने योजना पनि क्यापिटलले सार्वजनिक गरेको छ । सेयर रजिस्ट्रार सेवाअन्तर्गत हाल क्यापिटलले धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनी तथा प्राइभेट कम्पनीलाई समेत सेयर रजिस्ट्रारसम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । 

क्यापिटलको सातौंँ वार्षिकोत्सवको अवसरमा जम्मा सात सय रुपैयाँमा पहिलो एउटा कम्पनीलाई ओटिसी मार्केटमा सूचीकरण गरिदिने जनाएको छ ।