१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नभएकाे कामका लागि २७ लाख भुक्तानी दिने इन्जिनियरसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४६:oo

जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाइ आयोजनाका इन्जिनियर महेशसिंह कठायत, वडाध्यक्ष परुनाथ योगीसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सम्झौताविपरीत गलत प्राविधिक मूल्यांकन गरी हुँदै नभएकाे कामका लागि २६ लाख ८२ हजार भुक्तानी दिएर भ्रष्टाचार गरेको ठहर गर्दै १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

कार्यालय प्रमुख पाण्डे, सिँचाइ आयोजनाका इन्जिनियर कठायत, सबइन्जिनियर भीमबहादुर रोकाय, जिल्ला मुगु साबिकको कालै गाविसमा प्राविधिक पदमा कार्यरत रही सामुदायिक सिँचाइ आयोजनामा खटिएका सर्जनबहादुर शाही, सोरु गाउँपालिका– ९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगी, तत्कालीन गाविससचिव नव गिरी, तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोगबहादुर शाही, सचिव वैदेवी शाही र कोषाध्यक्ष रूपा भन्ने रत्नरूपा शाही, सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदातृ संस्थामार्फत खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढाथापाविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।