१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २१:११:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तानको प्रधानमन्त्रीमा सहबाज सरिफ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २१:११:oo

पाकिस्तान मुस्लिम लिग नवाजका नेता सहबाज सरिफ दोस्रोपटक प्रधानमन्त्री चुनिएका छन्। बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टीले समर्थनमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

पाकस्तानीको नेसनल एसेम्ब्लीमा आज भएको मतदानमा आवश्यक बहुमत प्राप्त गर्दै सहबाज प्रधानमन्त्रीमा निर्वाचित भए। प्रधानमन्त्री निर्वाचनमा सहबाजले दुई सय एक मत प्राप्त गर्दा इमरान खानको पार्टी तेहरिक–ए–इन्साफ समर्थित उम्मेदवार उमर अयुबले ९२ सांसदको समर्थन मात्र प्राप्त गरे। 

पाकिस्तान मुस्लिम लिग (नवाज) हालै सम्पन्न निर्वाचनमा ७५ सिट जितेर दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा खान समर्थिक तेहरिक–ए इन्साफका स्वतन्त्र सांसद छन्। पाकिस्तान पिपुल्स पार्टी भने ५४ सांसदसहित तेस्रो र एमक्युएम पाकिस्तान १७ सांसदसहित चौथो स्थानमा छ। 

ad
ad