१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकको ९.९९% घरकर्जा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:२१:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घरकर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ सात वर्षका लागि स्थिर रहने गरी ९.९९% मा घरकर्जा योजना सार्वजनिक गरेको छ ।

सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरभन्दा १ प्रतिशत बढीको प्रिमियम दर लागू हुने जनाएको छ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ । घरकर्जाअन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत सर्तसहितको छुट रहेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५२ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ad
ad