Skip This
कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको स्टल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १७ बिहीबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o फाल्गुण १७ बिहीबार १७:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको स्टल 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o फाल्गुण १७ बिहीबार १७:o४:oo

कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको छुट्टै स्टल राखिने भएको छ।

आउँदो २१ फागुनदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुलामञ्चमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको छुट्टै स्टल राखिने भएको छ।

‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यसपटक उद्योग वाणिज्य संघले १५औँ संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन गर्न लागेको छ।

मेला सञ्चालन गर्न लागेको दुई दशकभन्दा बढी समय २३औँ वर्षमा थारू गाउँको छुट्टै स्टल राखिने भएको आयोजकले जनाएको छ। ०५७ देखि ०८० सम्म आइपुग्दा १५औँ मेला संस्करणमा कैलाली कञ्चनपुरका थारू समुदायको लोक संस्कृतिका साथै मौलिक खाने परिवारको प्रदर्शन गरिनेछ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले पहिलोपटक पश्चिम नेपालका थारू समुदायको लोक संस्कृति धर्म, कला पहिरन सरक्षणका लागि थारू गाउँकै स्टल राखिन लागेको बताए।

थारू गाउँ स्टलका संयोजक एवं कञ्चनपुरका थारू अगुवा वेदप्रकाश चौधरीले लोप भइरहेको थारू समुदायको लोक संस्कृति, धर्म परम्परा, सरक्षण प्रवर्द्धनका लागि छुट्टै स्टल राख्न लागेको बताए।

‘हामीले यसपटकको महोत्सवमा पहिलोपटक थारूगाउँ स्टल राख्न लागेका छौँ, ‘उनले भने, ‘नयाँ पुस्तामा लोप भइरहेको थारू धर्म, संस्कृति, परम्परा सरक्षण, प्रवर्द्धन गर्न खोजेका छौँ। हामी अहिले स्टल निर्माणमा खटिएका छौँ, ‘उनले भने, ‘कम्तीमा १२ स्टल राख्ने र थारू समुदायको लोक संस्कृति परम्परा राख्छौँ।’

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले विगत २२ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको वृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए।

अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सिर्जना गर्ने, सहकारी, वित्तीय क्षेत्र, बैंकिङ क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्ने उद्देश्य रहेको बताए।

अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकटको पाँच रुपैयाँ विनियोजन गरेर सामाजिक कामका खर्च गरिने बताए। उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसाहरा नागरिकको समाजिक विकासका लागि उक्त टिकट बाट छुट्याएको रकम खर्च गरिनेछ। १० दिनसम्म सञ्चालन हुने महोत्सवमा २ लाख दशकले मेला अवलोकनदेखि ५ करोडको कारोबार हुने अनुमान गरिएको छ।