१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १७ बिहीबार ०९:३६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उपत्यकामा सरकारी कार्यालयमा चन्दाआतंक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १७ बिहीबार ०९:३६:००

काठमाडौं उपत्यकाका सरकारी कार्यालयका कर्मचारीहरूले चन्दाआतंकबाट पीडित बनेको गुनासो गरेका छन् । विभिन्न दलका भ्रातृ संगठनहरूले चन्दा माग्दै धम्क्याउने गरेको उनीहरूको भनाइ छ ।

केही समूहले पैसा नदिए मोसो दल्नेदेखि दुर्व्यवहारसम्म गरेका छन् । यसमा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू प्रमुख छन् । उनीहरूले पैसा नदिनेलाई दुर्व्यवहार गर्दै आएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल, दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीमाथि मोसो दल्दै दुर्व्यवहार भइसकेको छ ।

अरू धेरै कार्यालयका कर्मचारीले चन्दा माग्दै धम्की दिएको भन्दै प्रहरीमा उजुरी गरेका छन् । प्रहरीले यस्ता घटनामा संलग्न सन्तोष परियार र दीपेन्द्र परियारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मोसो दल्ने कतिपय फरार छन् । केही पक्राउ परे पनि पैसा माग्ने क्रम रोकिएको छैन ।