१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख ३१ सोमबार १७:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चन्दाको भरमा फुटबलको साख जोगाउँदै गुल्मीका क्लब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o९:oo

गुल्मीको फोर्टिन स्टार युवा क्लबले १३औँ वार्षिकोत्सवको अवसरमा आगामी पुस ७ देखि १० गतेसम्म जिल्लाका माध्यमिक विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिताको आयोजना गरेको छ।

जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लबले छात्र र पुल्चोक स्पोर्ट क्लबले छात्रा फुटबल प्रतियोगिता गर्दै आएका छन्। सहरका विद्यालयहरूमा मात्रै केन्द्रित फुटबल खेलको मोह गाउँसम्म विस्तार गर्न क्लबहरूले लामो समयदेखि प्रतियोगिता आयोजना गरिरहेका छन्।

गत १० असोजदेखि १३ गतेसम्म पुल्चोक स्पोर्ट क्लबले जिल्लाका माविहरूबीच छात्रा फुटबल आयोजना गरेको थियो। जसमा रिडर्स पब्लिक हाइस्कुलले उपाधि हात पारेको थियो। अहिले फोर्टिन स्टार युवा क्लबले ३५ हजार राशीको छात्र फुटबल प्रतियोगिता आयोजना गरेपछि सदरमुकामदेखि गाउँसम्मका विद्यालयका फुटबलको ऊर्जा बढेको छ।

सामाजिक क्षेत्रमा रचनात्मक कामहरूसमेत गर्दै आएको फोर्टिन स्टार युवा क्लबले ‘जाऊँ हिँडौँ रेसुंगा’ अभियानलाई समेत प्राथमिकतामा राखेर धार्मिक एवं पर्यटकीयस्थल रेसुंगाको यज्ञशाला मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेको फोर्टिन स्टार युवा क्लबका अध्यक्ष बिक्रमसिंह बुढाथोकीले जानकारी दिए। व्यवस्थापनको हिसाबले तम्घासमा फुटबल आयोजना गरे पनि सहभागिताको लागि जिल्लाको सबै विद्यालयमा पत्राचार भएकाले राम्रो प्लेटफर्मको उपयोग गर्न विद्यालय र विद्यार्थीलाई आग्रह गरे।

‘चौथो फोर्टिन स्टार कप–२०८०’ मा विजेतालाई ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए। पत्रकार सम्मेलनमा चौथो फोर्टिन स्टार कप–२०८०’ को ट्रफीसमेत सार्वजनिक गरिएको छ। प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थी खेलाडीहरूले अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको मार्कसिटको प्रतिलिपि उपलब्ध गराउनुपर्ने, खेलाडी अनिवार्य रूपमा पोसाकमा उपस्थित हुनुपर्नेलगायतका नियम पनि आयोजकले जानकारी गराएको छ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र कोचलाई प्राथमिक उपचार र एक लाखबराबरको म्यादी बिमासमेत गरिने क्लबका महासचिव आचार्यले बताए। क्लबहरूसँग आर्थिक स्रोत भने केही छैन। उनीहरूले हरेक प्रतियोगिता चन्दाको भरमा गर्ने गरेका छन्। जिल्लामा असोजदेखि आजसम्म महत्त्वपूर्ण दुई खेलकुद प्रतियोगिता भए, पुल्चोक कप र जिल्लास्तरिय भलिबल प्रतियोगिता। अब केही समयमा फोर्टिन स्टार कप हुँदै छ। यी तीन खेल ७० प्रतिशत खर्च चन्दा संकलनबाट आयोजना भएको आयोजकहरूले बताएका छन्।

‘रेसुंगा नगरसँग मुख्य प्रायोजन मागेका छौँ। त्योबाहेक सबै व्यवस्थापन चन्दाकै भरमा गरिरहेका छौँ,’ फोर्टिन स्टार युवा क्लबका महासचिव आचार्यले भने, ‘सहयोगी खेलप्रेमीहरूको सहयोगले क्लब र खेलको साख जोगाएका छौँ।’

जिल्लामा पछिल्लो समय खेलकुद प्रतियोगिताहरू धेरै हुँदै आएका छन्। राज्यबाट खेल क्षेत्रमा उल्लेखनीय सहयोग नभए पनि विभिन्न क्लब, समूह र संघसंस्थाको चन्दाको भरमा प्रतियोगिताहरू भइरहेका छन्। 

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले आफूहरूले वर्षमा एकपटक राष्ट्रपति रनिङ सिल्ड खेलाएर त्यतिकै बस्नुपर्ने अवस्थाको उजागर गर्दै चन्दाको भरमा खेलकुलको ऊर्जा बचाइराख्ने क्बलहरूलाई धन्यवाद दिए। ‘सरकारको संयन्त्रमार्फत वडासम्म पुग्ने बजेट अनुपयुक्त क्षेत्रमा खर्च भएका छन्। तर, वर्षौँदेखि खेल क्षेत्रमा लागेका क्लब तथा संघसंस्थाले प्रतियोगिताको लागि चन्दा उठाउनुपर्छ,’ उनले भने, ‘देशमा सिस्टम फेल भएपछि यस्तो अकर्मण्यता देखिने रहेछ।’

ad
ad