१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख ३१ सोमबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विपन्न विद्यार्थीलाई कपडा दिन शिक्षकले उठाए चन्दा

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:४७:oo

लिखु तामाकोशी गाउँपालिका–४ मा रहेको श्री भृंगेश्वर मावि कोटगाउँका शिक्षकहरूले चन्दा संकलन गरेर न्यानो कपडा खरिद गरी विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई वितरण गरेका छन्। पोसाक खरिद गर्न नसकेका कारण विपन्न समुदायका बालबालिकाहरूले फरक पोसाक लगाएर विद्यालयमा आउन थालेपछि विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरूलाई एउटै विद्यालय पोसाक होस् भन्ने उद्देश्यले उक्त विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई कपडा खरिद गर्न चन्दा संकलन अभियान चलाएका हुन्। 

यसअघि गत कात्तिकको तिहारमा पूर्वविद्यार्थी र अभिभावकहरूले देउसीभैलो खेली जम्मा भएको रकम र अपुग रकम विद्यालयका शिक्षक, अभिभावक र वडाध्यक्षसँग माग गरी जम्मा गरिएको रकमले शिशु कक्षादेखि कक्षा १० सम्मका बालकालिकालाई न्यानो कपडा वितरण गरिएको श्री भृंगेश्वर मावि कोटगाउँका प्रधानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए। 

विद्यार्थीको पोसाक एकरूपता ल्याउन विद्यालयका प्रधानाध्यापक महतले व्यक्तिगत पाँच हजार एक सय एक रुपैयाँ प्रदान गरेका थिए। उनले सुरु गरेको यो अभियानमा अन्य शिक्षकहरू, पूर्वविद्यार्थीहरू, अभिभावकहरू र वडाध्यक्षलगायतबाट संकलित रकमबाट विद्यार्थीहरूलाई कपडा वितरण गर्न सकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाले जानकारी दिए। 

संकलित रकमबाट विद्यालय पोसाक, ट्रयाकसुट, मोजा, सुइटर, टोपीलगायतका सामग्रीहरू वितरण गरिएको हो। विद्यालयमा अध्ययरनरत केही विपन्न बालबालिकाहरू विद्यालय पोसाक नभएकै कारण विद्यालयमा नियमित पठनपाठनमा अनुपस्थित हुने गरेका थिए। अहिले विद्यालयका शिक्षकहरूले रकम उठाएर बालबालिकालाई पोसाक वितरण गरेपछि नियमित नहुने बालबालिकाहरू पनि नियमित रूपमा अध्ययनको लागि विद्यालय आउने गरेको विद्यालय प्रशासनले जनाएको छ। 
 

ad
ad