१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३१:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपतिको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई राष्ट्रिय एकताको केन्द्र र साहित्यिक तीर्थस्थलका रूपमा विकास गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।

भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा बुधबार काठमाडौंमा आयोजित भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र एवं परामर्श कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा राखेका हुन्।

देशका सातै धाम एकैठाउँमा निर्माण गरेर चुँदीरम्घालाई नेपालका सबै भाषाका साहित्यिक प्रतिभाहरूलाई एकैठाउँमा राखेर कलात्मक र प्राकृतिक सौन्दर्यसहित आर्थिक सहयोग जुटाएर गुरुयोजनाअनुरूप भानु साहित्य उद्यान निर्माणको परिकल्पनालाई साकार पार्न लाग्नुपर्नेमा जोड दिए।

आदिकवि भानुभक्तको प्रतिमा केन्द्रमा राखेर अन्य भाषाभाषीका आदिकवि, ती भाषाका विशिष्ट साहित्यिक प्रतिभा र आ–आफ्ना मातृभाषामा विशिष्ट रचना गर्ने कविहरूको प्रतिमा स्थापना गरी चुँदीरम्घालाई विभिन्न भाषाका कविहरूको फूलबारी बनाउँदै एउटा विशिष्ट साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो।

उनले साहित्यिक तीर्थयात्रीका निम्ति चुँदीबेँसी, भानु स्मृति भवन, रम्घाको डाँडो, कवि शिरोमणि लेखनाथ पौडेलको जन्मथलो अर्घौअर्चले, जनकवि केशरी धर्मराज थापाको बाटुलेचौर र लोकगायक अलि मियाँको जन्मस्थल कुँडहर हुँदै राष्ट्रकवि माधव घिमिरेको घर पुस्तुन लमजुङ, मानुङ आदि विविध भानुस्मृति स्थलहरू संयोजन गरी एउटा भानु सर्किट बनाउन सकिने बताए।

कार्यक्रममा सांसदहरू प्रदीप पौडेल, कृष्णकुमार श्रेष्ठ, शिशिर खनाललगायतले धेरैभन्दा  पनि छरिता संरचना, डिजिटल र प्रविधिमैत्री प्रस्तुतिहरू राखेर यसलाई एउटा आकर्षकस्थलका रूपमा विकास गरिनुपर्ने बताएका थिए।