१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १७:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारा विस्फोट : एकको मृत्यु, थप पाँच घाइते

विष्फोट भएको वस्तु प्रोजेक्टाइल भएको आशंका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

बाराको निजगढ नगरपालिका– ७ स्थित रोहित वर्कसपमा सोमबार दिउँसो भएको विस्फोटका घाइतेमध्ये एकजनाको मृत्यु भएको छ। वर्कसप सञ्चालक ४५ वर्षीय रेशम मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

घटनामा दुई भारतीय नागरिकसहित पाँचजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्ण रूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन्।

घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरबिन साह, ३५ वर्षीय राकेश जयसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत तथा पर्सा जिल्ला वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन्। देवान र थापाको अवस्था सामान्य छ भने अन्य तीन गम्भीर अवस्थामा छन्। थापाको कलैया र अन्यको वीरगन्जमा उपचार भइरहेको छ।

विस्फोट भएको वस्तु प्रोजेक्टाइल हुन सक्ने आशंका
सुरुमा ग्यास सिलिन्डर विस्फोट भएको भनिए पनि उक्त वस्तु प्रोजेक्टाइल हुन सक्ने प्रहरीको आशंका छ। निजगढ– ९ स्थित कवाडी सञ्चालक राज जयसवालले प्रोजेक्टाइलजस्तै देखिने उक्त वस्तुमा भएको तामा निकाल्न ग्यारेजमा ल्याएको बताइएको छ।

सो प्रोजेक्टाइल काट्ने प्रयास गर्दा विस्फोट भएको हो। प्रहरीका अनुसार मिसाइलमा प्रयोग हुने प्रोजेक्टाइल नेपालमा पाइँदैन। सो वस्तु इन्डियन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तै देखिएको प्रहरी स्रोतले जनाएको छ।

यद्यपि, हेर्दा बमजस्तै देखिने उक्त वस्तु प्रोजेक्टाइल नै हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्रै बताउन सकिने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विस्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

विस्फोटक वस्तु निकै शक्तिशाली देखिएको बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए। विस्फोटबाट ग्यारेजआसपासका घरहरूमा समेत क्षति पुगेको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ। प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

विस्फोटपछि कवाडी सञ्चालक जयसवाल र उनकी श्रीमती सुशीलादेवी जयसवला भारत भाग्ने प्रयास गर्दै थिए। निजगढबाट कोल्हवी नगरपालिकामा पुगेर एम्बुलेन्स चढेर भारततर्फ जाँदैगर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।