१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

३४ विमानस्थलमा फ्री वाइफाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:२७:oo

नेपालका विभिन्न ठाउँमा सञ्चालित ३४ वटा विमानस्थलमा फ्री वाइफाई इन्टरनेट सुविधा उपलब्ध हुने भएको छ । निःशुल्क वाइफाई सुविधा दिने विषयमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच शुक्रबार समझदारी भएको छ ।

सहमतिपत्रमा क्यानका उपमहानिर्देशक जगन्नाथ निरौला र टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्नेछ । अन्य विमानस्थलमा चरणबद्ध रूपमा फ्री वाइफाई सेवा उपलब्ध गराउने सहमतिपत्रमा उल्लेख छ । 

फ्री वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनका लागि उपकरण जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक सहयोग क्यानले गर्नेछ । यस्तै, यात्रुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थानसमेत प्राधिकरणले उपलब्ध गराउनेछ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा फ्री वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ ।

अब यात्रुको सुविधाका लागि विमानस्थलका सबै स्थानमा फ्री वाइफाई सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ । विमानस्थलभित्र यात्रुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा टेलिकमका सेवाबारे जानकारी उपलब्ध गराउन सूचना तथा सहायता कक्ष पनि स्थापना गरिने भएको छ ।

ad
ad