सिद्धार्थ बैंक सम्मानित

बुधबार, ९ मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सिद्धार्थ बैंक विश्वप्रसिद्ध भुक्तानी सेवाप्रदायक संस्था भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा दुईवटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।

बैंकले कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा ‘एक्सिलेन्स इन कन्जुमर प्रिपेड कार्ड बिजनेस’ र एक्लिसेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस’ विधामा सम्मानित भएको हो ।

बैंकका अनुसार ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुसार बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवा बिस्तार गर्दै आएको छ ।

यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकको भनाइ छ । असार मसान्तसम्म सिद्धार्थ बैंकले मात्रै ६९ हजार क्रेडिट कार्ड जारी गरेको छ । 

सुझावित समाचार