१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २२:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्रीले भेटे भारतीय विदेशमन्त्री, संयुक्त आयोगको निर्णय कार्यान्वयनबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २२:३४:oo

भारतमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ । 

भेटमा दुई देशको सम्बन्धका विविध पक्षमा छलफल भएको र नेपालले आफ्ना सरोकार पुनः प्रस्तुत गरेको परराष्ट्रमन्त्री साउदले जानकारी दिएका छन् । 

‘हाम्रो द्विपक्षीय भेट भयो । विशेषतः नेपाल भारत संयुक्त आयोग (परराष्ट्रमन्त्रीस्तरीय)को काठमाडौं बैठकमा भएका निर्णय कार्यान्वयनबारे हामीले छलफल ग¥यौँ,’ परराष्ट्रमन्त्री साउदले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपाली नागरिकलाई सहज रूपमा सिमकार्ड खरिद गर्न सकिने व्यवस्था गरेकोमा मैले भारतलाई धन्यवाद दिएँ । हाम्रा जनताका सरोकारलाई सम्बोधन गर्ने विषयमा छलफल भयो ।’ 

उनले एमबिबिएस विद्यार्थीका सरोकार, पश्चिम रुकुम र जाजरकोटमा भूकम्पपछि पूनर्निर्माण, महाकाली नदीमा पुल निर्माणलगायतका विषयहरूमा पनि छलफल भएको बताए । ‘जयशंकरजीले नेपालका सरोकार सम्बोधन गर्न सकारात्मक छौँ भन्नुभएको छ,’ परराष्ट्रमन्त्री साउदले भने । 

परराष्ट्रमन्त्री भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा रायसिना डायलगमा सहभागी हुने क्रममा हाल दिल्लीमा छन् । रायसिना डायलगको आयोजक भारतीय विदेश मन्त्रालय र अब्जर्बर रिसर्ज फाउन्डेशन हुन् । 

परराष्ट्रमन्त्री साउदले रायसिना डायलगलाई सम्बोधन पनि गरेका छन् । उनले बिहीबार भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेसँग पनि भेटवार्ता गरेका थिए । चौथाइवालेले दुई देश र दुई पार्टी (भाजपा–नेपाली कांग्रेस) सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन् । 

ad
ad