Skip This
माल्टामा आप्रवासीको डुंगा पल्टिँदा पाँचको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ११ शुक्रबार २१:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

माल्टामा आप्रवासीको डुंगा पल्टिँदा पाँचको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार २१:५५:oo

उद्धार कार्यका क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । 

स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाए अनुसार उक्त डुंगामा ३० जनाभन्दा बढी आप्रवासीहरू युरोप जाँदै गरेको बताइएको छ ।

आप्रवासीहरू अफ्ठेरोमा परेर सहयोगको याचना गरिरहेको देखिन्थे । माल्टा गस्ती डुंगा जहाजमा सवारहरूलाई उद्धार गर्न पठाइएको तर तिनीहरूको जहाज माल्टा तटमा पल्टिएको सुरक्षा स्रोतले जनाएको छ ।

अहिलेसम्म घटनाको कारण थाहा हुन सकेको छैन ।  (रासस-सिन्ह्वा)