Skip This
आजदेखि मौसम क्रमिक रूपमा सुधार हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८o फाल्गुण ११ शुक्रबार o८:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजदेखि मौसम क्रमिक रूपमा सुधार हुने

काठमाडौँमा बिहानैदेखि पारिलो घाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार o८:५३:oo

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहनेछ । काठमाडौंमा बिहानैदेखि पारिलो घाम लागेको छ । 

बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौंसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा भएको छ । आजदेखि मौसम क्रमिक रूपमा सुधार हुने पनि महाशाखाले जनाएको छ ।  

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने र देशका बाँकी भागमा मौसम सफा रहनेछ । 

कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

बिहीबार काठमाडौंमा ३.६ मिलिमिटर वर्षा भएको छ । पोखरामा ७.५, घोराहीमा ५.८, दिपायल र डडेलधुरामा समान तीन मिलिमिटर वर्षा भएको छ ।