Skip This
मौसम : आंशिक बदली एवं हल्का वर्षाको सम्भावना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १० बिहीबार o७:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौसम : आंशिक बदली एवं हल्का वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार o७:४o:oo

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागको केही स्थानमा तथा मुलुकका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । आज काठमाडौंको अधिकतम तापक्रम २१.५ र न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस रहनेछ ।