मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Wednesday, 02 September, 2026
२o८o फाल्गुण ९ बुधबार २१:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टर्कीमा असफल ‘कू’को आशंकामा ६७ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार २१:२५:oo

टर्की प्रहरीले सन् २०१६ मा भएको ‘कू’ प्रयासको अभियोगमा ६७ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ।

आन्तरिक मामिलामन्त्री अली एर्लिकायाले बुधबार बताएअनुसार प्रहरीले अंकारासहित टर्कीका विभिन्न १४ वटा प्रान्तहरूमा ‘क्लेम्प–७’ को रूपमा चिनिने कारबाहीका क्रममा एकैसाथ छापा मारेर ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

मन्त्रीको सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको भिडियो फुटेजले प्रहरीले अपार्टमेन्ट भवनहरूबाट संदिग्धहरूलाई पक्रेर सवारीसाधनमा राखेको देखाएको छ।

संदिग्धहरू गुलेन आन्दोलनको सैन्य संरचनासँग सम्बन्धित छन्, जसलाई टर्की सरकारले सन् २०१६ जुलाई १५ मा कम्तीमा २५० जनाको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको थियो।

सन् २०२३ जुन १ देखि आन्दोलनविरुद्धको अभियानमा पक्राउ परेका संदिग्धको संख्या ६ हजार ४५ पुगेको मन्त्रीले बताए। गुलेन आन्दोलन मुस्लिम धर्मोपदेशक फेथुल्लाह गुलेनको नेतृत्वमा नामकरण गरिएको हो। उनलाई अनुयायीहरूले आध्यात्मिक नेता मान्छन्।

टर्की सरकारले सन् २०१६ मा भएको ‘कू’ प्रयासपछि आन्दोलनसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारबाही सुरु गरेको छ। (रासस-सिन्ह्वा)