१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण ९ बुधबार २१:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकी सहयोगमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोलार परियोजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण ९ बुधबार २१:०६:००

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा १८५ केभिए क्षमताको हाइब्रिड सोलार सिस्टम जडान गरिएको छ। अमेरिकी सरकारको ग्लोबल पिस अप्रेसन इनिसिएटिभको सहयोगमा सो परियोजन निर्माण भएको हो। 

राजनीतिक–सैन्य मामिला ब्युरोकी योजना तथा कार्यसञ्चालनसम्बन्धी अमेरिकी उपसहायक विदेशमन्त्री रेचल सिलरले सो सोलार हाइब्रिड परियोजनाको बुधबार उद्घाटन गरिन्।

उद्घाटन कार्यक्रममा उपसहायक विदेशमन्त्री सिलरले परियोजना अमेरिका, नेपाल र संयुक्त राष्ट्रसंघको त्रिपक्षीय सहकार्यको प्रतिफल भएको बताइन्। शान्ति सैनिकहरूको कार्बन फुटप्रिन्ट घटाउने नेपाली सेनाले गरेको पहलको उनले प्रशंसा गरिन्। 

तालिम केन्द्रमा रहेका सम्पूर्ण संरचनाहरूलाई आवश्यक विद्युतीय ऊर्जा सो प्रोजेक्टमार्फत प्रवाह हुने नेपाली सेनाले जनाएको छ। ‘वैकल्पिक ऊर्जा स्रोतका रूपमा जडान भएको सोलार प्रोजेक्ट तालिम केन्द्रको भौतिक स्तरोन्नतिमा महत्त्वपूर्ण हुनुका साथै केन्द्रलाई शान्ति स्थापनासम्बन्धी  अन्तर्राष्ट्रियस्तरको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकसित गर्दै लैजान सहयोगी हुनेछ,’ नेपाली सेनाको विज्ञप्तिमा भनिएको छ।