नामिबियालाई चौथो झड्का, खेलमा फर्कने नेपालको प्रयास

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण

एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियालाई चौथो झड्का लागेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफ्नो तेस्रो ओभरमा नामिबियाका जन फ्रलिंकलाई व्यक्तिगत चार रनको अवस्थामा एलबिडब्लू धरापमा पारे ।

नामिबियाले १७.३ ओभरमा ८६ रनको अवस्थामा चौथो विकेट गुमाएको हो । जितका लागि उसलाई अझै ८३ रन आवश्यक छ भने उससँग ६ विकेट हातमा छ । 

सुझावित समाचार