१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ८ मंगलबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ८ मंगलबार २१:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सानदार लयमा नेपाल, सिरियामाथि ४ - १ को रवाफिलो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ८ मंगलबार २१:४८:oo

आमन्त्रित टोलीका रूपमा वाफ महिला च्याम्पियनसिप २०२४ मा सहभागी नेपालले प्रतियोगितामा सानदार सुरुवात गरेको छ। 

समूह बीमा रहेको नेपालले पहिलो खेलमा सिरियामाथि ४–१ गोल अन्तरको रवाफिलो जित दर्ता गरेको छ। जितसँगै महत्त्वपूर्ण तीन अंक आर्जन गरेको छ। 

नेपालको जितमा अमिशा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक–एक गोल गरे। 

नेपालले पहिलो हाफमा तीन गोल गरेको हो भने दोस्रो हाफमा एक गोल थपेको हो। सिरियाविरुद्ध सानदार सुरुवात गरेको नेपालले १९ मिनेटभित्रै तीन गोल गरेको थियो। 
अमिशा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारी साम्बाले १९ मिनेटभित्र एक–एक गोल गरेका थिए। चौथो गोल भने ६९औँ मिनेटमा आयो। सिरियाले खेलको ४३औँ मिनेटमा आत्मघातीमार्फत सान्त्वना गोल पायो। 

आक्रामक फुटबल खेलेको नेपालले दशौँ मिनेटमा अमिशा कार्कीको गोलमा अग्रता लिएको थियो। डिबक्सको मध्यभागबाट सशक्त प्रहार गर्दै अमिशाले नेपालका लागि पहिलो गोल गरेकी थिइन्। 

तीन मिनेटपछि नै नेपालले अग्रता दोब्बर पार्‍यो। यसपटक नेपालले प्राप्त कर्नर प्रहार सीधै गोलमा परिणत भएको थियो। १३औँ मिनेटमा अनिता बस्नेतले गरेको प्रहार सीधै गोलपोस्टमा छिरेको थियो। 

नेपालले १९औँ मिनेटमा सिरियाविरुद्ध तेस्रो गोल गर्‍यो। तेस्रो गोल सावित्रा भण्डारी साम्बाको नाममा रह्यो। मिनी डिबक्समा प्राप्त पासलाई उनले वन टचमा बललाई जाली चुमाइन्। 

४३औँ मिनेटमा सिरियाले करिब ३० यार्ड क्षेत्रमा फ्रिकिक प्राप्त गरेको थियो। सीधै गोलपोस्टमा गरिएको सो प्रहार नेपाली गोलकिपर एन्जिलाले फर्काउने क्रममा आफ्नै खेलाडीको अनुहारमा लागेर सुसाइड गोल हुन पुग्यो।

यस्तै, ६९औँ मिनेटमा सावित्रा भण्डारीले उपलब्ध गराएको सुन्दर पासलाई डिबक्सभित्रबाट बललाई जाली चुमाउँदै रेखाले नेपाललाई चौथो गोल दिलाइन्। 

खेल अवधिभर नेपालले थुप्रैपटक गोलको अवसर प्राप्त गरेको थियो। नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण सिरियाली गोलरक्षक निकै व्यस्त रहिन्। 

नेपाल र सिरियासँगै समूह बीमा प्यालेस्टाइन र इराक छन्। यस्तै, समूह एमा नेपालजस्तै आमन्त्रित टिम गुआम, लेबनान, जोर्डन र घरेलु टिम साउदी अरेबिया छन्।