१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:o५:oo

खुला सीमाका कारण भारतीय कुखुरा निर्वाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन्। सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भारतीय तस्करले नेपालमा भारतीय कुखुरा भित्र्याउन थालेपछि त्यसको असर नेपाली किसानमा पर्न थालेको छ ।

सीमामा तैनाथ रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले वेलावेलामा भारतीय कुखुरा बरामद गरेर नष्ट गर्ने गरेको भए पनि भारतबाट आउने कुखुराका कारण नेपाली किसान संकटमा परेको उनीहरूले गुनासो गरेका छन् ।

भारतबाट लुकाइछिपाई नेपाल भित्र्याउन लागेको ६० वटा ब्राेइलर कुखुरा सोमबार नेपाल प्रहरीले बरामद गरेर नष्ट गरेको छ । साइकलमा भारतबाट लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कोपुवा पिपरिया प्रहरी चौकीले ६० वटा कुखुरा बरामद गरेको हो । कुखुरासँगै कुखुरा ल्याउन प्रयोग गरिएको चारवटा साइकलसमेत प्रहरीले बरामद गरेको छ । ३८ हजार चार सय मूल्यबराबरको कुखुरा प्रहरीले नष्ट गरेको हो ।

खुला सीमाका कारण भारतीय ब्राेइलर कुखुरा सहजै नेपाली बजारमा छिर्न थालेपछि नेपाली किसान प्रत्यक्ष मारमा परेको कुखुरा व्यवसायी रामविनोद पाण्डेको भनाइ रहेको छ । वेलावेलामा सीमावर्ती क्षेत्रबाट नेपाल भित्रिने भारतीय ब्राेइलर कुखुरा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गर्ने गरेको भए पनि नेपाल भित्रिने क्रम रोकिन नसकेको पाण्डेको भनाइ रहेको छ ।

रौतहटका कुखुरा व्यवसायीले सीमा मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमै भारतीय ब्राेइलर कुखुरा सहजै नेपाली बजारमा आउने गरेको आरोप लगाउँदै आएका छन् । नेपालमा उत्पादन भएका ब्राेइलर कुखुराको तुलनामा भारतबाट आउने ब्राेइलर कुखुरा सस्तो पर्ने भएका कारण नेपाली बजारमा भारतीय कुखुरा बढी बिक्री  हुने हुँदा नेपाली कुखुरा उत्पादक किसान मारमा परेको उनीहरूको गुनासो छ ।

भारतीय ब्राेइलर कुखुराको चल्ला र मासु प्रयोजनका लागि ठूलै ब्राेइलर कुखुरा नेपाल भित्रिन थालेपछि रौतहटका कुखुरा उत्पादक किसान समस्यामा परेको भन्दै उनीहरूले भारतीय कुखुरा आयातमा रोक लगाउन सुरक्षा निकायसँग माग गरेका छन् ।

ad
ad