१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

सुमित केडियालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:२१:oo

अहिले किसानले सडकमा दूध पोख्ने स्थिति किन आएको हो ?
यतिवेला बजारमा दूधको माग घटेको भए पनि उत्पादन भने वृद्धि हुने सिजन हो । विगतमा बढी उत्पादन भएको दूधलाई पाउडर बनाएर राखिसकिएको छ । अब थप कच्चा दूधलाई पाउडर बनाएर राख्न सक्ने स्थिति पनि छैन । जसका कारण अहिले दूध उद्योगहरूले खरिद गर्न केही समस्या भइरहेको स्थिति छ । त्यसैले, अहिले किसानले दूध पोखेर विरोध गर्ने अवस्था सिर्जना भएको हो ।

अहिले दूध र दूधजन्य पदार्थको खपत किन घटिरहेको छ त ?
यसका मुख्य तीनवटा कारण छन् । पहिलो त मागभन्दा उत्पादन नै धेरै भइरहेको छ । अर्को भनेको दूध र दूधजन्य पदार्थहरूको उपभोग गर्ने ठूलो जनसंख्या विदेशतिर लागिरहेको छ । खासगरी सहरी क्षेत्रका उपभोक्ता बिदेसिने क्रम बढ्दा दूध र दूधजन्य वस्तुको उपभोग घटेको छ । त्यसैगरी विगत लामो समयदेखि मुलुकमा आर्थिक मन्दी भइरहँदा मानिसको क्रयशक्ति घट्न गएर पनि यस्ता सामग्रीको उपभोगमा असर परेको देखिन्छ ।

दुग्धजन्य पदार्थको उपभोग बढाई  दूध नियमित बिक्री हुने स्थिति सिर्जना गर्न के गर्नुपर्ला ?
दूधको खपत नियमित रूपले वृद्धि गर्ने सबैभन्दा राम्रो उपाय भनेको यसका उपभोक्ता वृद्धि गर्नु हो । यसका लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको मेसमा दूध र दूधजन्य पदार्थलाई अनिवार्य गरिनुपर्छ । करिब तीन लाखको हाराहारीमा रहेका सुरक्षा निकायमा दूधको खपत बढाउन सकियो भने बजारको चिन्ता लिनुपर्दैन । त्यसैगरी, पाउडर प्लान्टको क्षमता वृद्धि गर्ने दिशामा पनि योजना बनाउनुपर्छ ।

ad
ad