१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको विशेष योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:२४:oo

नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न योजना सार्वजनिक गरेको छ । कम्पनीले सहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि योजनाहरू ल्याएको हो । 

१२ फागुनसम्म लागू हुने योजनाअनुसार देशमा प्रजातन्त्र/लोकतन्त्र/गणतन्त्र प्राप्तिका लागि आहुति दिने सहिदहरूको सम्मानार्थ सहिद परिवारलाई साबिकबमोजिमको फ्री रिसोर्स अर्थात् एक जिबी डेटा, १०० मिनेट अन नेट भ्वाइस र १०० अन नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म रिसोर्स चलाउन मिल्ने सिमकार्ड निःशुल्क उपलब्ध गराउने जनाइएको छ । त्यस्तै, एफटिटिएचअन्तर्गत ५० एमबिपिएसको इयरली वान टाइम प्याकेज र कम्बो इयरली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई विभिन्न प्रकारका प्याकेज उपलब्ध गराएको जनाएको छ । जसअन्तर्गत एक एमबिपिएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जिबी, १३ जिबी, २० जिबी र ३० जिबी डेटा प्याकेज तथा ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६ सय मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याकसमेत उपलब्ध रहेको उल्लेख गरेको छ । 

ad
ad