Skip This
कुर्सी हल्लिने डर मलाई छैन : प्रधानमन्त्री प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Saturday, 27 July, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ६ आइतबार १३:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुर्सी हल्लिने डर मलाई छैन : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार १३:२५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई भ्रष्टाचारको विरुद्धमा काम गर्दा कुर्सी हल्लिन्छ कि भन्ने डर नभएको स्पष्ट पारेका छन् । 

‘मलाई कुर्सी हल्लिने अलिकति पनि डर छैन,’ प्रतिनिधिसभामा सांसद गणेश पराजुलीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘सुरुदेखि नै मेरो ध्यान भ्रष्टाचार नियन्त्रण र सुशासनमा मात्र थियो, आज पनि छैन ।’ 

प्रधानमन्त्रीले सबैभन्दा धेरै उच्चस्तरका राजनीतिक र प्रशासनिक व्यक्तिहरू संलग्न भएको नक्कली भुटानी शरणार्थी काण्डको छनबिन यही सरकारले सुरु गरेको र अहिले मुद्दा अदातलसम्म पुर्‍याएको भन्दै उनले थपे, ‘कुर्सी हल्लिने डर हुन्थ्यो भने नक्कली भुटानी शरणार्थीको नाममा भएको भ्रष्टाचारको छानबिन नै सुरु हुने थिएन । सुशासन मेरो नारा होइन, मेरो संकल्प हो ।’