१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘गाउँ आएको बाटो’ एजियास्टिका फिल्म फेस्टिभल’मा छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४७:oo

विश्वको प्रतिष्ठित मानिने टोरोन्ट, बुसान, मुम्बईलगायत फिल्म फेस्टिभलहरूमा प्रिमियर भएको सिनेमा ‘गाउँ आएको बाटो’ विदेशी बजारमा जाने क्रम जारी छ।

जेठ १८ गतेदेखि नेपालमा सार्वजनिक प्रदर्शनमा आउन लागेको यो सिनेमा स्विडेनको ‘एजियास्टिका फिल्म फेस्टिभल’मा छनोट भएको छ। नेपालबाट एजियास्टिकामा पहिलो पटक नेपाली चलचित्र प्रवेश पाएको हो ।

यो सिनेमा यसअघि स्विडेनकै ठूलो गोटेन्बर्गमा फिल्म फेस्टिभलमा छनोट भएको थियो। नवीन सुब्बा निर्देशित यो चलचित्रले राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गर्छ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ।